रुपन्देहीको रोहिणी खोलमा बस खस्दा ९ जनाको मृत्यु, २३ जना घाइते
वीरगन्ज,२२ जेठ । रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् । रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले मृत्यु हुनेमा ८ जना पुरुष र १ जना महिला रहेको जानकारी दिनुभयो । आज (आइतबार) बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो । बसमा ३२ जना यात्रु रहेका थिए । घाइते ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।जनकपुरबाट भैरहवातर्फ जादै गरेको लु २ ख ३८४१ नम्बरको बस रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको थियो । अन्य घाइतेहरुको भैरहवाको भिम अस्पताल र मेडिकल कलेजमा उपचार भइरहेको रुपन्देही ट्राफिक प्रहरी प्रमुख केशव केसीले जानकारी दिनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस