जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवारलाई जिम्मा लगाइयो
काठमाडौं,१९ जेठ । तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ ।गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए ।
सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिने भएको छ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो।दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस