नारायणगढ मुग्लिङ सडक खण्डमा भिरबाट पहिरो झरी सवारी साधनमा क्षति
पहिरो हटाउने कार्य जारी, बाटो एकतर्फी सञ्चालन
चितवन १४ जेठ । चितवनको ईच्छाकामाना गाउपालिका –६ चार किलो स्थित नाग्दि खोला नजिक नारायणगढ मुग्लिङ सडक खण्डमा सुख्खा पहिरो झर्दा कार र हाईसमा क्षती पुगेको छ । आज साँझ ५ः२० बजेको समयमा मुग्लिङबाट नारायणगढ तर्फ अइरहेको ग १ ख–९९०९ नम्बरको हाईस र सोही दिशाबाट आउँदै गरेको प्र–३–०१–०२३च–०५३५ नम्बरको कारमा माथि बाट सुख्खा पहिरो झरी क्षती पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार र हाईसभित्र रहेका मानिसको भने उद्धार गरीएको छ । पहिरोका कारण हाईस चालक नवलपुर कावासोती न=पा= ७ बस्ने ३६ बर्षका टिकाराम महतोलाई ढुङ्गाले हातमा लागि सामान्य चोट लागेको र अन्य कोहि कसैलाई केही नभएको प्रहरीले जानकारी दिएको छ । माथिबाट पपिहरो झर्दा दुबै सवारी साधनमा क्षेती भएको छ । सो स्थानमा ईलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएर दुबै तर्फि बन्द भएको बाटोको पहिरो हटाउने कार्य जारी छ । अहिले भने एकतर्फी रुपमा बाटो सञ्चालनमा आएको जनाइएको छ ।