बाराको निगढमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउन सर्वोच्च अदालतले गरेको फैसलाको देशभरबाट चर्को विरोध

वीरगन्ज,१३जेठ । बाराको निगढमा प्रस्तावित अन्र्तराष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउन सर्वोच्च अदालतले गरेको फैसलाको चर्को विरोध भइरहेको छ । वातावरणीय कारण देखाएर हिजो सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो । सर्वोच्चको उक्त फैसला लगत्तै देशभरबाट चर्को विरोध भइरहेको छ ।

यस्तै सर्वोच्चको उक्त फैसला विकास विरोधी रहेको भन्दै बाराको निजगढमा नेकपा माओवादीले मशाल जुलुश निकालेर विरोध प्रदर्शन गरेको छ । माओवादी केन्द्र निजगढ नगर कमिटीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको भन्दै विरोधमा मशाल जुलुश सहित विरोध प्रदर्शन गरेको हो। मुलुकको एक मात्र अन्र्तराष्ट्रिय विमानस्थल काठमाण्डौको ज्ञिभुवन अन्र्तराष्टिय विमानस्थलले यात्रु तथा विमानको चाप थेग्न नसकेको अवस्थामा लामो समयदेखि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने आवाज उठिरहेको र राष्ट्रले समेत महत्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा लिए दोस्रो अन्तर्रा्षिष्ट्रय विमानस्थल निर्माणमा सर्वोच्च अदालतले रोक लगाएकै कारण अदालतको निर्णय प्रति बिरोध गरिएको माओवादी केन्द्रका समिप खरेलले बताउनुभयो ।

निजगढ विमानस्थल निर्माणले यहाँका जनता, मलुकको भाग्य र भविष्य उज्जवल हुने मात्रै नभई सोझै अन्यमुलुकसँग नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध रहने महत्त्वाकांक्षी योजनामा सर्वोच्च अदालतले वातावरण सरक्षणको नाममा रोक लगाएको माओवादी केन्द्रका मधेस प्रदेश कमिटी सदस्य रबिराज दंगालले आरोप लगाउनुभयो । दंगालले भारतको इसारामा अदालतले गैरजिम्बेवारी प्रदर्शन गरेर न्यालयको बदनाम गर्ने कार्यगरेको आरोप लगाउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close