कोपोमिस कार्यान्वयनमा बैंकको नेटवर्कलाई प्रयोग गर्न तयार छौंः अध्यक्ष उप्रेती

राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेतीले बैंकमा आवद्ध १५ हजार सहकारी संस्थाहरु कोपोमिसमा आवद्ध भए नभएको अध्ययन गर्ने बताएका छन् । कोपोमिस कार्यान्वयन सम्बन्धी एक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले बैंकमा ८ हजार बचतऋण सहकारी र ७ हजार अन्य प्रकृतिका संस्था आवद्ध रहेको बताउँदै उनले ती मध्ये कति संस्था कोपोमिस आवद्ध छन् वा छैनन् फारम बनाएर जानकारी संकलन गरी विभागलाई उपलब्ध गराउने समेत जनाए ।

बैंकका ६८ वटा शाखामार्फत देशभर नै कोपोमिसका विषयमा आवद्ध सहकारी संस्थाहरुलाई प्रशिक्षण दिने समेत उनले प्रतिवद्धता जाहेर गरे । बैंकका सबै शाखा प्रमुखहरुको समयसमयमा हुने भेलामा उनीहरुलाई कोपोमिसको बारेमा प्रशिक्षित गराई कार्यान्वयनमा लैजान सघाउने अध्यक्ष उप्रेतीले बताए । ‘प्राविधिक विषयमा विभागले तालिम दिनुप¥यो’ उनले थपे, ‘हामी कार्यान्वयनमा सघाउँछौं ।’ बैंकले हरेक महिना १५÷१६ वटा तालिम सञ्चालन गर्दै आएको भन्दै उनले हरेक तालिममा कोपोमिसको विषय समेत राख्ने जनाए ।

विगतमा पनि बैंकले १५ जना आइटीका कर्मचारीलाई विभागमा पठाएको स्मरण गर्दै उनले भने, ‘विभागसँग हरेक विषयमा सहकार्य गर्न तयार छौं । विभागले अगाडि बढाएका काममा बैंकको नेटवर्कलाई समेत प्रयोग गरेर अगाडि बढौं ।’ विभाग मातहत रहेका सहकारीले कोपोमिस प्रयोगका बारेमा समेत समीक्षा गर्नुपर्ने भन्दै उनले प्रयोगमा के कस्ता समस्या आए र कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा समेत फिडब्याक लिनुपर्नेमा जोड दिए ।

सातै प्रदेश र स्थानीय तहका सहकारी हेर्ने प्रतिनिधिलाई सहभागि गराएर कोपोमिस सम्बन्धी कार्यक्रम आयोजना गर्न सके यसले कार्यान्वयनमा मद्दत पुग्ने उनको सुझाव छ । सहकारीको वास्तविक तथ्यांक निकाल्नका लागि पनि कोपोमिस कार्यान्वयन आवश्यक रहेको उनको भनाई छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close