नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

वीरगन्ज ,७ बैशाख । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५१ जनाले ज्यान गुमाएका छन्। आज २५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर ३१८ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा २ हजार ५२८ पीसीआर तथा १ हजार ३४९ एन्टिजेन परीक्षण भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close