प्रचण्डसँग जसपाका अध्यक्षद्वय यादव र भट्टराईको भेट

प्रचण्डसँग जसपाका अध्यक्षद्वय यादव र भट्टराईको भेट

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव तथा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनसम्बद्ध दलका तीन शीर्ष नेताबीच आज माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो ।

नेताहरुबीच स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ । भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै जसपा अध्यक्ष यादवले सामान्य गफगाफ मात्रै भएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका ५ दलहरुबीच तालमेल गरेर जाने सैद्धान्तिक सहमति भएको छ । तर, दलहरुबीच स्थानीय तहको भागबण्डाको विषयमा सहमति हुन नसकिरहेको बेलो भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close