जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।
यही माघ १९ र २० गते पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको हो ।
बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीले सञ्चालन गरेको सङ्गठन निर्माण अभियानलगायतका एजेन्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस