समितिको म्याद १५ दिन थपिँदै

काठमाडौं  : सहकारीको बचत रकम अपचलनका सम्बन्धमा गठित संसदीय समितिको म्याद १५ दिन थपिने भएको छ।

तीन महिनाभित्र प्रतिवेदन बुझाउने समय पाएको समितिले म्याद सकिन पाँच दिन बाँकी रहँदा १५ दिन समय थप गर्न लागेको हो। मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा समितिका सभापति सूर्य थापाले समितिको कार्यावधि थपसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

समितिको म्याद भदौ २२ गते सकिँदैछ। तत्कालीन गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेपछि जेठ १५ गते एमाले सांसद थापाको संयोजकत्वमा संसदीय छानबिन विशेष समिति गठन भएको थियो ।

समितिको पहिलो बैठक जेठ २३ गते बसेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close