सरकारले संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्ट गर्ने

काठमाडौँ । नेपाल सरकारले यस वर्ष संविधान दिवसको अवसरमा नेसनल डे कन्सर्ट गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले  नेसनल डे कन्सर्ट गर्ने (राष्ट्रिय दिवस उत्सव) निर्णय गरेको हो । नेपाल सरकारले सैनिक मान्छ टुँडिखेलमा औपचारिक कार्यक्रम गरे पछि नारायणहिटी दरबार अगाडिको खुला स्थानमा  नेसनल डे कन्सर्ट गर्न लागेको हो ।

नेपालका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति रहने कार्यक्रम सरकारको पनि सहभागिता रहने बैठक पछि गृह मन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए । यस्तै सरकारले संविधान दिवसको अवसरमा निजी क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ ।  छुट सहुलियत दिनको लागि सबै मन्त्रालयको सचिवहरू भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close