सरकारले ‘मेक इन नेपाल’ अभियान चलाउने, यस्ताे छ न्यूनतम साझा कार्यक्रमकाे पूर्ण पाठ

सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले सरकारमा सहभागी दलहरूले उठाएका साझा विषयलाई समेटेर न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

न्यूनतम साझा कार्यक्रममा स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने र देशलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउने उल्लेख छ । यसका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने, स्वदेशी कच्चा पदार्थमा आधारित र आयात प्रतिस्थापन गर्ने प्रकृतिका उपभोग्य वस्तुहरूको उत्पादनमा जोड दिने सरकारकाे न्यूनतम साझा कार्यक्रममा समावेश छ ।

स्वदेशमा उत्पादन हुने खाद्यवस्तु, जुत्ता, औषधि, सिमेन्टजस्ता वस्तुहरूको उत्पादन र उपयोगलाई प्राथमिकता दिने र उत्पादनलाई प्रोत्साहित गर्न सहकारी तथा निजी क्षेत्रलाई कर, विद्युत् महसुल तथा ऋणमा उपयुक्त ब्याज अनुदान दिने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close