आर्थिक र सामाजिक विकास मेरा एजेण्डा, मतदाताको माया जीतको आधार – हरेराम पटेल
हरेराम पटेल सहकारी पेशाबाट अहिले राजनीतिमा होमिएका छन् । सहकारी विशेषज्ञ हरेराम पटेल जसपा नेपाल र नेकपा एमालेको साझा उम्मेदवारको रुपमा पर्सा क्षेत्र नंं २ “ख” बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका छन् । सामाज परिवर्तनका लागि नेतृत्वमा दूरदृष्टि र परिवर्तनको मागलाई आत्मसात गर्ने दक्षता चाहिने मत राख्ने पटेल आफ्नो जीतमा ढुक्क रहेको देखिन्छिन् ।
मतदाताहरुले दिएको साथ, सहयोग, स्नेह र समर्थन नै आफ्नो जीतको आधार बताउने उनी पर्सा जिल्लाको आर्थिक र सामाजिक विकासमा अपेक्षित काम हुन नसकेकोमा चिन्तित देखिन्छिन् । प्रस्तुत छ, हरेराम पटेलसँग आसन्न चुनाव र उनका एजेण्डामा केन्द्रित भएर गरिएको विशेष कुराकानी अहिले भ्रष्टाचार मुख्य समस्या बनेको छ, सुशानका लागि तपाईंको एजेण्डा के छन् ? मैले चुनाव जिते पछि सुशासन प्रत्याभूतिलाई शासनको मुख्य आधार बनाउने छु । प्रदेशसभा सदस्यको रुपमा मेरो भूमिका पारदर्शितामा आधारित योजनाको प्रवद्र्धन गरिनेका लागि केन्द्रित हुन्छ । विकास निर्माणका योजनामा स्थानीयको सहभागिता हुनेछ ।
यसमार्फत प्रभावकारिता र पारदर्शिताको वृद्धि हुन्छ । सार्वजनिक सेवालाई सहज र प्रभावकारी बनाउने पनि योजना छ । पर्साका बासिन्दाका लागि सहज सार्वजनिक सेवाका लागि पोखरियामा जिल्ला प्रशासन र मालपोत कार्यालयको सेवा केन्द्र खोलिने छ । मधेस आन्दोलनका शहिद परिवार, घाइते र तिनका आश्रितको उच्च सम्मान र सहज जीवनयापनको लागि आवश्यक व्यवस्थापनका लागि प्रतिबद्धता सहित नीतिगत प्रबन्धमा लाग्ने छु ।
शिक्षा सामाजिक र आर्थिक विकासको आधार हो । शिक्षामा सबैको समान पहुँच र अधिकारको प्रत्याभूति गर्ने छु । यसका लागि सामुदायिक विद्यालयको स्तारोन्नति, र दरबन्दी अनुसार शिक्षक तथा कर्मचारी आपूर्तिको व्यवस्था मिलाउँछु । उच्च माध्यमिक तहसम्म सबैलाई निःशुल्क शिक्षाको प्रबन्ध मिलाउने छु । उच्च शिक्षा अध्ययनको पूर्वाधार निर्माणका साथै शिक्षामा छोरीको समान सहभागिताको लागि छात्रामैत्री शैक्षिक प्रणालीको व्यवस्था मिलाउँछु ।
यसका लागि कन्या विद्यालयको स्थापनाको काम अघि बढाउने छु । अहिले पनि समाजमा महिलाप्रति असमान व्यहार र हिंसा छ । यसका लागि महिलालाई आत्मनिर्भर र सक्षम बनाउन आवश्यक छ । यसका लागि महिलालाई शिक्षामा प्रोत्साहन र रोजगारीमा प्राथमिकताका लागि नीतिगत व्यवस्थाका लागि काम गर्ने छु । गृहणी महिला आमा दिदीबहिनीहरुका लागि स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने छु ।