क्षेत्र नम्बर ३ (ख ) मा जसपाको तर्फबाट डाक्टर मधु गुप्ताको उम्मेदवारी दर्ता

असोज २३ गते – जनता समाजबादी पार्टीकी नेतृ डा.मधु गुप्ता पर्सा क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेश सभा सदस्यको लागी आज आईतबार उम्मेदवारी दर्ता गराउनु भएको छ ।

पर्साको पोखरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगी डा.गुप्ताले प्रदेश सभा तर्फ आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको हो । नेकपा एमाले र जसपाको संयुक्त गठबन्धनबाट प्रदेश दभा सदस्यमा डा.गुप्ताको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताको क्रममा जसपा नेता कार्यकर्ता र एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजकुमार गुप्ता संगै एमालेका नेता कार्यकर्ताको पनि सहभागिता रहेको थियो ।

यसैबिच जनता समाजवादी पार्टीका नेता जन्नत अन्सारी र करिमा बेगमले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। पार्टीले दुवै जनालाई टिकट नदिएपछि उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । अन्सारीले पर्सा क्षेत्र नम्बर १ को (क) र बेगमले पर्सा २ को (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

अन्सारी २०७४ सालको चुनावमा जनता समाजवादी पार्टीबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए। बेगम पनि समानुपातिकतर्फ जसपाबाट निर्वाचित भएकी थिइन् । आफूले आफ्नो क्षेत्रमा थुप्रै विकास गरेकाले जित्ने विश्वासले उम्मेदवारी दिएको अन्सारीले बताए। जनताको चाहनाअनुसार नै आफूलाई पार्टीले टिकट नदिए पनि उम्मेदवारी दिएको बेगमले बताइन् । पर्साका चारमध्ये क्षेत्र नम्बर १ र २ को उम्मेदवारी जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय भइरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close