पर्साको चारै क्षेत्रमा नेपाली कांग्रेस कै उम्मेदवार

वीरगञ्ज २२ असोज । जसपाले सत्ता गठबन्धन नेपाली कांग्रेससंग साटघाट तोडेसंगै गठबन्धनले पनि पर्साको क्षेत्र नम्बर ३ र क्षेत्र नम्बर ४ मा उम्मेदवार टुंगो लगाईसकेको छ भने पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा पनि कांग्रेसले नै टिकट पाउने देखिन्छ छ ।

सत्ता गठबन्धनका कांग्रेसतर्फबाट पर्सा क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री सुरेन्द्र चौधरी र क्षेत्र नम्बर ४ मा रमेश रिजाल चुनाव लडुने भएका छन् ।

जसपा गठबन्धनबाट बाहिरीएसंगै पर्सा क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ पनि कांग्रेसले नै टिकट पाउने सम्भावना बढेको छ ।

गठबन्धनमा कांग्रेससंग रहेको नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादी पार्टी र भर्खरै छिरेको लोसपाको पर्सामा त्यती पकड बलियो नभएकाले पर्साको ४ वटै निर्वाचन क्षेत्र कांग्रेसले नै पाउने सम्भावना बढेको छ ।

गठबन्धनका अन्य दललाई प्रदेश सभा सदस्यको सिट दिई क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ मा पनि कांग्रेसले नै टिकट पाउने देखिन्छ छ ।

गठबन्धनको कांग्रेसतर्फबाट सहमति मै टुङ्गिने लगभग पक्का भए सकेको ले पर्सा क्षेत्र नम्बर १ बाट अजय द्धवेदी र क्षेत्र नम्बर २ बाट अजय चौरसियालाई टिकट पाउने नेपाली कांग्रेस श्रोतले जनाएको छ ।

यस अनुसार पर्सा क्षेत्र नम्बर १ मा नेकपा–जसपा गठबन्धनका उम्मेदवार प्रदीप यादव र कांग्रेसका उम्मेदवार अजय ट्विवेदीबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर २ मा कांग्रेसका अजय चौरसिया र जसपाका सुरेन्द्र कुर्मीबिच प्रतिस्पर्धा हुनेछ ।

यसैगरि पर्सा क्षेत्र नम्बर ३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ताबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँबिच कडा ठक्कर हुने देखिन्छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close