बहुदरमाईको बिकास राजनीतिक भुमरीमा –सामजिक अभियन्ता यादव
वीरगंज-पर्साको बहुदरमाई नगरपालिकाको बिकास कार्य अहिले राजनीतिक भुमरीमा परेको सामाजिक अभियन्ता विजय यावले टिप्पणी गर्नुभएको छ ।
नति तथा कार्यक्रम सम्पन्न भएको महिनौ सम्म बिती सक्दा पनि नगर परिसद हुन् नसकेकोले नगर बिकासमा समस्या भएको उहाले बताउनुभयो । राजनीतिक खिचातानीका कारण नगर परिसद नहुदा बहुदरमाई नगरपालिकाको बिकास निर्माणको साथै स्वास्थ , शिक्षा तथा बिभिद पक्ष प्रभावित भएको बताउनुभयो ।
उहाले “ तावाबाट उफ्रेको माछा-फेरी भुमरोमा परेको ” उखान भन्दै जुन जोगी आए त्यहि गीत गाउने टिप्पणी गर्नुभयो । उहाले भागबण्डाको राजनीति बहुदरमाई नगरपालिकामा भईरहेको बताउदै नगरको नेतृत्व गर्ने नै कमजोर भएको आरोप लगाउनुभयो ।
स्थानीय सरकार गठन भएको ३ महिना बिती सक्दा पनि बहुदरमाई नगरपालिकामा रहेको अल्पसंख्यक समुदाय तथा बिपन्न बर्ग सम्म जनप्रतिनिधिले नपुगेको बताउनुभयो । अदृश्य शक्तिको आडमा बहुदरमाई नगरपालिकाका जनप्रतिनिधि भाड भैलो अम्चाएको सामाजिक अभियन्ता यादवले आरोप लगाउनुभएको छ ।