पर्सा क्षेत्र नं.२ को (ख) बाट प्रत्यक्ष तर्फ एमालेका युवा नेता हरेराम पटेलको नाम सिफारिस

अनुप यादव
बीरगन्ज, १७ भदौ।
अगामी मंसिर ४ गते हुनी प्रदेश सभा निर्वाचको लागि पर्सा क्षेत्र नम्बर २ को (ख) बाट मधेस प्रदेशको लागि नेपका एमालेका युवा नेता हरेराम पटेलको नाम सिफारिस ।
नेकपा एमालेको क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीको बैठकले पटेल सहित महेश दास ,श्याम गुप्ता , रुपनारायण प्रसाद र खुर्रम आलमको नाम पनि सिफारिस गरेको छ ।
यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ हरि शंकर लाल कर्ण , हिरामती देवी कुर्मी , शशिवाला देवी, नुतन सरावगी, अफजल हुसेन , शारा खातुनको नाम सिफारिस गरेको छ ।प्रदेश क्षेत्रीय कमिटीका संयोजक अफजल हुसेनले जानकारी दिनुभएको छ ।
हुसेन कै अध्यक्षतामा बसेक बैठकमा एमालेका केन्द्रिय सदस्य एवम जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय सदस्य एवम जिल्ला सह इन्चार्ज अरबिन्द सिंह ,जिल्ला अध्यक्ष जयप्रकाश थारु, बीरगन्ज महानगर कमिटी उपाध्यक्ष महेश दास , सचिव सुन्दर कुर्मी लगायतको उपस्थिति थियो ।