जसपाका अध्यक्षले मागे मुख्यमन्त्री राउत संग राजिनामा
वीरगन्ज,०६ भदौ
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशका मूख्यमन्त्री मोहम्मद लालबाबु राउतको राजीनामा मागेका छन् ।जसपा पार्टीको उच्च स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष यादवले दुई कारण देखाउँदै राउतलाई तुरुन्त मुख्यमन्त्री पद छाड्न निर्देशन दिएका हुन् ।
अध्यक्षजीले दुईवटा कारण दिनुभएको छ,’ पार्टीका उच्च पदाधिकारीले भने, ‘मूख्यमन्त्री स्वच्छता अभियानमा भएको भ्रष्टाचार, अनि बेटी बचाऊ, बेटी पढाऊ अभियानमा भएको चरम अनियमितता । हेर्नोस् न, अख्तियारले नै छापा हानिसक्यो । मधेसमा हाम्रो सरकारले बेइज्जती कमायो ।’
ती नेताका अनुसार पछिल्लो जसपाको राजनीतिक समिति बैठकमै अध्यक्ष यादवले राउतलाई मूख्यमन्त्रीबाट फिर्ता हुन चेतावनी दिइसकेका छन् । यसबारे राउतको जवाफ प्राप्त हुन सकेको छैन ।
यो समाचार अनलाइनखबरमा छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस