जसपा नफुटने, दुई तिहाई बहुमत उपेन्द्र यादवको पक्षमा रहेको नेताहरुको दावी

बीरगन्ज,३० असार – जनता समाजवादी पार्टी (जसपा) को केन्द्रिय कार्यकारीणी अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइ बहुमत रहेको केन्द्रिय समितिको बैठकमा सहभागी नेताहरुले दावी गरेका छन् । पार्टी फुटको संघारमा रहेको बेला नेताहरु पार्टीको बहुमत केन्द्रिय सदस्य एवं कार्यकारणी समितिका पदाधिकारीहरु उपेन्द्र यादवको पक्षमा रहेको बैठकमा सहभागी एक नेताले बताए ।

वीरगन्जमा बुधबारदेखि जारी जनता समाजवादी पार्टीको केन्द्रिय समितिको बैठकमा अहिले कायम रहेको ४८९ केन्द्रिय सदस्य मध्ये २६७ जना सहभागी रहेको बैठकमा सहभागी नेताहरुको भनाई छ । यस्तै पार्टीका २३ जना संघीय संसद मध्ये १९ बीरगन्जमा जारी बैकठमा सहभागी रहेको नेताहरुको भनाई छ ।

संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईको पक्षमा उनी आफै र महेन्द्र राय गरी दुइ सांसद मात्र जना मात्र छन् । बाँकी दुई सांसद राजकिशोर यादव र अमृता अग्रहरी भने अहिले कुनै गुटको बैठकमा सहभागी भएका छैनन् ।

यस्तैगरी पार्टीको ३२ केन्द्रिय कार्यकारीणी सदस्य मध्ये २३ जना वीरगन्जको जारी बैठकमा सहभागी रहेका जसपाको केन्द्रिय सदस्य एवं वन तथा वातावरण मन्त्री प्रदीप यादवले संचारकर्मीहरुलाई बताए ।जसपाको केन्द्रिय कार्य समिति ४९९ को भएपनि अहिले कायम संख्या ४८९ मात्रै भएको र ती मध्ये पनि ५० जना जति लोसपा लगायत अन्य पार्टीमा लागि सकेकाले अब केन्द्रिय सदस्यको संख्या ४५० को हाराहारीमा मात्रै रहेको मन्त्री यादवले बताए ।

जसपाका अर्का केन्द्रिय सदस्य फिरोज मंसुरका अनुसार बैठकमा पार्टीले प्रस्तुत गरेको ऐजेण्डा उपर छलफल भइरहेको तथा आज बेलुका सम्म केहि ठोस निर्णय हुने छ । जसपा पार्टी बाबुराम भट्टराईले बनाएको पार्टी नभएको बताउँदै नेता मंसुरले उनी रहनु नरहनुले पार्टीलाई कुनै फरक नपर्ने बताए । यो पार्टी नयाँ शक्तिले बनाएको पार्टी नभएकोले एकाद व्यक्ति जादैमा नचल्ने भन्ने नहुने भएकोले बैठकले केहि ठोस निर्णय गर्ने तथा पार्टी अझै शसक्त ढंगले अगाडी बढने मंसुरले दावी गरे ।

उनले बाबुराम भट्टराईको पक्षमा केवल ६० जना केन्द्रिय सदस्य र ५ जना कार्यकारणी सदस्य रहेको बताउदै जसपा फुटने बताए । रेणु यादवले पार्टीको सबै पदीय जिम्मेवारीबाट राजिनामा दिएको बिषयमा मंसुर लोकतन्त्रमा मान्छेको आ–आफ्नो बिचार हुनु स्वभाविक रहेकोले यसलाई अन्यथा नलिएरको बताए । रुष्ट भएका साथीहरु समेत बिस्तारै पार्टीमा गोलबन्द हुने मंसुरले दावी गरे । केहि साथीहरु अस्पताल तथा आफ्ना व्यक्तिगत काममा व्यस्थ रहेको कारण बैठकमा सहभागी नभएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close