प्रदेश र संघको निर्वाचनमा जुट्न राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन

काठमाडौँ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।अध्यक्ष लिङ्देनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको हो । पार्टी स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहको निर्वाचन सकियो भनेर थकाई मार्ने छुट पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई नरहेको पनि स्पष्ट पार्नुभयो । स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी नयाँ शक्तिको रुपमा उदाएको सन्देश दिन सफल भएको दावी गर्दै अध्यक्ष लिङ्देनले अव प्रदेश र संघको निर्वाचनको परिणामलाई आफ्नो पक्षमा पार्न सिंगो पार्टी पंक्ति एकतावद्ध भएर अघि बढनुपर्ने बताउनुभएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस