प्रतिनिधिसभामा सुशासन समितिको प्रतिवेदन पेश
काठमाडौँ,१४ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा राज्य व्यवस्था तथा समितिका सदस्य देवेन्द्रराज कँडेलले ‘राज्य व्यवस्था तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७९’ पेश गरेका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन तयार पार्दासम्म २३३ बैठक सम्पन्न भएको उनले जानकारी दए । कोभिड–१९ को प्रभाव कायमै रहँदा स्वास्थ्य सुरक्षा मापदण्डलाई समेत ध्यानमा राखेर बैठक बसेको पनि उनले जानकारी गराएका छन् ।
उनले पछिल्लोपटक भने २५ बैठक विधायनसँग सम्बन्धित र अन्य बैठक समसामयिक विषयमा रहेको जानकारी गराएका छन् । समितिमा १४ विधेयक प्राप्त भएकामा पारित भई प्रतिनिधिसभामा पेश गरिएको जानकारी दिए । बैठक आजै १५ मिनेटका लागि स्थगन भएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस