वीरगञ्जमा राजेशमान १३ हजारभन्दा बढी मतले अगाडी

वीरगञ्ज, ७ जेठ ।

वीरगञ्ज महानगरपालिकाका ३२ वडामध्ये १८ वडाको मतगणना सकिएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित श्री नृसिंह माविमा जारी मतगणनाअन्र्तगत अब १४ वटा वडाको गणना जारी छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को कुल ५५ हजार १ सय १० मत गणना गर्दा सम्म पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंहले अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका बिजय कुमार सरावगीभन्दा सिंह १३ हजार २ सय ८२ मतान्तरले अगाडी छन् ।

सिंहले २७ हजार ५ सय १५ मत ल्याउँदा नेकपा एमाले र लोसपाको गठबन्धनका साझा उम्मेदवार सरावगीले १४ हजार २ सय ३३ मत ल्याएको वीरगञ्ज महानगरपालिकाका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

उपप्रमुखमा पनि पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका इम्तियाज आलमको अग्रता कायमै छ । १४ हजार ७ सय ९८ मतले पछाडी छन् । आलमले १९ हजार ४९ मत पाउँदा झाले ४ हजार २ सय ५१ मत ल्याएका छन् । कुल ५५ हजार १ सय १० मतमा मेयरमा ४३ हजार ७ सय २४ मत सदर भएको छ भने ११ हजार ३ सय ८६ मत बदर भएको छ ।

उपप्रमुखमा २९ हजार ३ सय ५४ मत सदर हुँदा २५ हजार ७ सय ५० मत बदर भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close