वीरगन्ज वडा नम्बर २४ को वडाअध्यक्षमा नेकपा एमाले बाट बिजय पटेल निर्वाचित

वीरगन्ज महानगरपालिकाको वडा नम्बर २४ को वडाअध्यक्षमा नेकपा एमाले बाट उम्मेदवारी दिएका बिजय पटेल निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसबाट टिकटको आकांक्षी रहेका पटेल अन्तिम समयमा नेकपा एमाले बाट उम्मेदवारी दिएका थिए । आइतबार सकिएको उक्त वडाको मतगणनाको अन्तिम परिणाम अनुसार , जसपाका उम्मेदवार रामानन्द पटेल लाइ ९७ मत अन्तरले पराजित गर्दै नेकपा एमालेका पटेल वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

बिजय ८६९ मत ल्याउदा , जसपाका पटेल भने ७७२ मत र नेपाली कांग्रेसका पुर्व वडा अध्यक्ष दशरथ पटेल ६२१ मत पाएका छन् ।

वडा अध्यक्ष सहित दुई जना एमाले र तीन जना वडा सदस्य जसपाका रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close