बारबर्दिया नगरपालिकाको मेयर/उपमेयरमा कांग्रेस विजयी
काठमाण्डाै – बर्दियाको बारबर्दिया नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका छविलाल थारु र उपमेयरमा कांग्रेसकै रत्नकुमारी पाण्डे विजयी हुनुभएको छ ।
मेयरका उम्मेदवार थारुले १३ हजार ६ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी एमालेका पदमप्रसाद ढकालले १० हजार तीन सय ५१ मत प्राप्त गर्नुभएको छ । यस्तै उपमेयर पदमा कांग्रेसका उम्मेदवार पाण्डेले १२ हजार चार सय ९१ र उहाँका प्रतिस्पर्धी एमालेका नारायणी चौधरीले १० हजार आठ सय ५५ मत प्राप्त गर्नुभयो । ११ वटा वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले तीन र माओवादी केन्द्रले तीनवटा वडामा जित निकालेका छन् ।
आफ्नो प्रतिक्रिया दिनुहोस