वीरगन्जको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता

स्थानीय तह निर्वाचनका लागि वीरगन्ज महानगरको मेयरमा पहिलो दिन १२ जनाको उम्मेदवारी दर्ता

वीरगन्ज । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने आइतवार वीरगन्ज महानगरको मेयर पदका लागि ११ जनाले मनोनयन दर्ता गराएका छन् ।

आइतवार वीरगन्जको मेयर पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका हुन् ।मेयर पदका लागि नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट एक एक जना गरि राजनीतिक दलबाट दुइ जनाले र स्वतन्त्रबाट १० जनाले गरि कूल १२ जनाले मनोनयन दर्ता गराएको महानगरका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।

यस्तै वीरगन्जको उपमेयर पदका लागि भने पहिलो दिन आइतवार कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए ।
पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरि १९ जनाले मनोनयन दर्ता गराएका छन् ।
ती मध्ये नेकपा एकीकृत समाजवादी , राप्रपा , जनमत पार्टी र विवेकशील पार्टीका एक एक जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए ।

यसैगरि महानगरको दुइ वडा सदस्य पदका लागि २९ जनाले , महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

मनोनयन दर्ताका लागि पहिलो दिन आइतवार वीरगन्जको मेयर र उपमेयरका लागि मुख्य राजनीतिक दलहरुको तर्फबाट कसैको पनि उम्मेदवारी नपरेको पौडेलले बताए ।

नेपाली काँग्रेस , नेकपा एमाले , जसपा , लोसपा , नेकपा माओवादी केन्द्र , नेकपा एकिकृत समाजवादी पार्टी लगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमवारको समय लिएको पौडेलले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close