‘मोडल हन्ट नेपाल २०२२’ को आवेदन खुल्ला

काठमाडौं,१६ जेठ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको सौन्दर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को सातांै संस्करण सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले आइतबार एक बिज्ञप्ती जारी गर्दै ‘मोडल हन्ट नेपाल २०२२’ (नयाँ सेसन) का लागि आवेदन खुल्ला भएको जनाएको हो ।१८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने प्रतियोगितामा युवाको हकमा कम्तीमा ५ फिट ६ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट २ इन्च उँचाई हुनुपर्ने प्रावधान राखेको छ ।

आवेदन फर्म खल्ती एपबाट पनि भर्न सकिनेछ ।उचित ज्ञान सहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने ब्यावसाहिक मोडल उत्पाद गर्ने उदेश्यले बिगत ७ बर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगीतामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।प्रतियोगिताको अडिसन अगामी ४ असारदेखि साउनको अन्तिम सातासम्म हुनेछ ।

अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनेछन् । फाइनल स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकाश, शारिरिक बनावट, र्याम्प वाक, बडि ल्याङ्ग्वेज, फोटोशुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा सहभागी गराइनेछ । प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहार सहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।

विजेताले बिज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।पछिल्लो समय सौन्दर्य प्रतियोगीतामा महिला असुरक्षित भएको आवाज उठ्दै आएको छ । यस सम्बन्धमा पाण्डे आफुहरुले महिलाहरुको हकहित संरक्षण, उनीहरुको सुरक्षाको प्रत्याभुति गराउनको साथै यस्ता प्रतियोगीताले दविएको आवाज बुलन्द गर्न हौसला प्रदान गर्ने बताउँछिन् । ‘सौन्दर्य प्रतियोगीताको आयोजक महिलाहरु पनि छन् । जसले महिलाको सुरक्षामा हरसम्भव प्रयास गरिरहेका छन्’ पाण्डेले थपिन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close