आरआरआरले मनायो हजार करोडको उत्सव, पार्टीबाट आलिया भट्ट किन गायब ?
काठमाडौं,२५चैत । निर्देशक एसएस राजामौलीको फिल्म आरआरआरले रिलिज भएदेखि नै कीर्तिमान बनाइरहेको छ । यो फिल्मले विश्वभर १ हजार करोडको व्यापार गरेको छ । यस्तो अवसरमा राजामौलीले बुधबार साँझ फिल्मको सक्सेस पार्टी आयोजना गरेका थिए । फिल्मको स्टारकास्टदेखि लिएर बलिउडका ठूला सेलिब्रेटीहरु यो पार्टीमा सहभागी भएका थिए । यद्यपि फिल्मकी नायिका आलिया भट्ट भने कतै देखिइनन् ।
यो सफलता पार्टीमा रामचरण, जूनियर एनटीआर, एसएस राजामौली सहभागी थिए। उनीहरु बाहेक आमिर खान, मकरन्द देशपांडे, करण जोहर, अयान मुखर्जी, जोनी लिभर, राखी सावन्त लगायत धेरै सेलिब्रेटीहरु पनि पार्टीमा देखिएका थिए । तर एउटा कुरा जो कसैले पचाउन सकेन, त्यो हो आलिया भट्टको अनुपस्थिति ।यसअघि आलिया भट्ट राजामौलीसँग रिसाएको खबर आएको थियो । आलिया र आरआरआर निर्देशक राजामौलीबीच केही दरार चलिरहेको बताइएको छ । जसका कारण आलियाले फिल्म आरआरआरसँग सम्बन्धित पोस्ट डिलिट गरिन् ।
यससँगै राजामौलीलाई उनको इन्स्टाग्राम फ्रेन्ड लिस्टबाट हटाइयो। तर, पछि आलियाले यी खबरलाई खारेज गर्दै स्पष्ट पारिन् ।उनले आफ्नो बारेमा यस्ता कुरा नगर्न आग्रह गरेकी थिइन् । साथै, आलियाले आफू र राजामौलीबीच कुनै दरार नभएको पनि स्पष्ट पारिन् । उनले राजामौली र आरआरआरको टोलीसँग काम गर्न पाउनु आफ्नो सौभाग्य भएको बताइन् । उनलाई यो फिल्ममा बिताएका हरेक पल मन पर्छन् । तर, आलिया भट्टको विवाहको खबर पनि लामो समयदेखि आइरहेको छ । यस्तो अवस्थामा उनी विवाहको तयारीमा व्यस्त रहेको पनि बताइएको छ ।
आरआरआरको सक्सेस पार्टीमा आमिर खानले निकै रमाइलो गरेको देखियो । आमिरका धेरै भिडियो भाइरल भएका छन् । जसमा आमिर खान अभिनेता मकरन्द देशपाण्डेसँग रमाइलो गर्दै र कुराकानी गरिरहेको देखिन्छ । यसबाहेक आमिरलाई राजामौली र अयान मुखर्जीसँग भेटघाट र कुराकानी गरेको पनि देखिन्छ । आमिर खानले पनि अभिनेत्री राखी सावन्तसँग रेड कार्पेटमा पोज दिएका थिए ।फिल्म आरआरआर २५ मार्चमा विश्वभर रिलिज भएको थियो ।
फिल्मले विश्वभर १ हजार करोड कमाएको छ । योसँगै यसको हिन्दी संस्करणले पनि २०० करोडको आँकडा पार गरेको छ । फिल्ममा कोमाराम भीम र अल्लुरी सीताराम राजुको काल्पनिक कथा देखाइएको छ। यसमा राम चरण, जुनियर एनटीआर, आलिया भट्ट, अजय देवगन, श्रीया सरन लगायतका कलाकारले काम गरेका छन् ।