मधेश जनबिद्रोह समितिद्वारा बहुवरीमा यस वर्ष पनि मनाईयो बलिदानी दिवस

देशमा परिर्वतन लागि पार्टिको सटा जनताको बिचार र सिद्धान्त परिर्वतन गर्न आवशक

वीरगंज । मधेश जनबिद्रोह केन्द्रिय समितिले बाराको परवानीपुर गाउँपालिका वडा नं। ५ बहुवरीमा हरेक वर्ष जस्तै यस वर्ष पनि बलिदानी दिवस मनाएको छ

बलिदानी दिवसको अवसरमा आयोजित सो कार्यक्रममा मधेश जनबिद्रोह समितिका केन्द्रिय सदस्य अजय पटेलले मधेश जनबिद्रोह केन्द्रिय समिति कुनै पार्टी,दलको नभइ यो देशको लागि राष्ट्र ,समाजको लागि पूर्ण सवतन्त्र रुपमा मधेशको लागि सर्मपित भई काम गर्दै आएको छ । देशमा परिर्वतन लागि पार्टिको सटा जनताको बिचार र सिद्धान्त परिर्वतन गर्न आवशक रहेको बताउ भयो राजनीति दलका नेताहरुले मधेशलाई कमाई खाने भाडो मात्र बनाएको आरोप लगाए । आफुहरुले हरेक वर्ष सक्दो सहयोग गर्ने गरेको चर्चा गर्दै देशमा गणतन्त्र आए पनि अनियमित्ता, भ्रष्टाचार, बेतिथिहरु बढदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनले समग्र मधेश एक स्वायत प्रदेश लागु गर्नु पर्ने, आत्मनिर्णयको अधिकार लागु गर्ने पर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणली लागु गर्नु पर्ने, भौगोलिक, भाषिक, साँस्कृतिक एकरुपताको निर्वाचन क्षेत्र गठन गर्नु पर्ने, संविधानको पूर्णलेखन गर्नु पर्ने, क्षेत्रिय भाषा सँस्कृतिको संवैधानिक प्रत्याभुति गर्नु पर्ने, प्रत्येक निकायमा मधेशको समानुपातिक प्रवेशको प्रत्याभुतिको माग समेत गरेका थिए ।

समितिका केन्द्रिय सदस्य अजय पटेलको अध्यक्षतामा भएको सो अवसरमा मधेशी शहिद प्रति बिभिन्न गित संगित तथा विभिन्न कार्यक्रम गरिएको थिए ।

सो कार्यक्रमको सञ्चालन मुन्ना ठाकुरले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close