रौतहटमा अवैध लागुऔषध सहित २ जना भारतीय युवक पक्राउ

रौतहटमा अवैध लागुऔषध सहित २ जना भारतीय युवकलाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक राजेश श्रेष्ठले जनाएको हो ।

भारत नेपालको खुला सिमानाका हुँदै ल्याईएको अबैध लागुअौषध अन्तय ठाउँमा लगिरहेको अवस्थामा पक्राउ परेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले जनाएको हो।

रौतहटको गौरबाट चन्द्रपुर तर्फ जादै गरेको यात्रुवाहक गाडीमा लुकाई छिपाई लैजादै गरेको अवस्थामा पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन्।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला बकरी वडा नंबर ३ राघोपुरका २० वर्षिय रौशन कुमार र १८ वर्षिय अमित कुमारलाई शस्त्र प्रहरीले पक्राउ गरेको शस्त्र प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताएका छन्।

उनीहरुको साथबाट लगभग ६ सय थान लागुऔषध फेनारगन र आइपिपिएल इन्जेक्सन शस्त्र प्रहरीले बरामद गरेको छ ।…

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close