ने.रा आधारभूत विद्यालय फुलकौलमा स्विटर वितरण
वीरगंज – बढ्दो चिसोलाई मध्यनजर गर्दै पर्साका बहुदरमाई नगरपालिका वडा नम्बर ७ फुलकौलस्तिथ नेपाल राष्ट्रिय आधारभूत विद्यालय फुलकौलमा न्यानो स्विटर गरिएको हो । वडा नम्बर ७ को लागतमा ११५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको वडाध्यक्ष बिरेन्द्र यादवले जानकारी दिनुभयो ।
एकासी केहिदिन देखि तराई मधेशमा बढेको चिसो र चलीर हेकोलाई शितलहरलाई मध्यनजर गरी आधारभूत विद्यालयका ११५ जना विद्यार्थीलाई न्यानो स्विटर वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो ।
वडाध्यक्ष यादवको अध्यक्षतामा नै उक्त स्विटर वितरण गरिएको समाचार श्रोतले जनाएको छ । सो अवसरमा विद्यालयका शिक्षक , विद्यार्थीका अभिभावक र वडा कार्यालयका जनप्रतिनिधिको उपस्तिथी थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस