कलैयाका मेयर साहकाे चेतावनी विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने

माध्यमिक विद्यालयबाट बढीमा २ जना तथा आधारभूत विद्यालयकाट बढीमा १ जना मात्र शिक्षकलाई आन्दाेलनमा जान मेयर साहले अनुरोध

बारा,असाेज २-संसद्‌मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले बुधबारदेखि सशक्त सडक आन्दोलन गर्ने घोषणा गरेको छ। विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासं‌घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो।

गत शुक्रबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले असोज ३ गतेबाट देशभर विद्यालय बन्द गरेर सडक आन्दोलनमा जाने चेतावनी दिएको थियो।

यसै सन्दर्भमा कलैया उपमहानगरपालिकाका मेयर साहले मंगलबार साँझ एक सूचना नै जारी गरेर विद्यालयकाे पठनपाठन नै ठप्प पारेर आन्दोलनमा जाने उपमहानगर क्षेत्रका सामुदायिक विद्यालयका शिक्षकहरुलाई नियमानुसार कारबाही गर्ने चेतावनी दिएका हुन् ।

बालबालिकाहरुकने पढ्न पाउनुपर्ने नैसर्गिक अधिकारलाई बञ्चित पार्ने गरी आन्दोलनको नाममा विद्यालय बन्द गर्नु कानुन सम्मत नहुने भएकाले उपमहानगरमा रहेका माध्यमिक विद्यालयबाट बढीमा २ जना तथा आधारभूत विद्यालयकाट बढीमा १ जना मात्र शिक्षकलाई आन्दाेलनमा जान मेयर साहले अनुरोध गरेका छन् ।

अन्यथा विद्यालय नै बन्द गरी पठनपाठन सञ्चालन नगर्ने प्रधानाध्यापक र शिक्षकहरुलाई नियमानुसार कारबाही गरिने चेतावनी मेयर साहले उक्त सुचना मार्फत दिएका छन् ।

कुनै पनि बहानामा नगरभित्रका सामुदायिक विद्यालय बन्द गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। मेयर यादवले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त चेतावनी दिएका हुन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close