धोबिनीका अध्यक्ष चौहानले वीरगन्जमा गोप्य रुपमा गाँउपरिषद गराएको जनप्रतिधिनीहरुको आरोप
पर्साको धोबिनी गाँउपालिकाका जनप्रतिनिधीहरुले पालिका अध्यक्ष र उपाध्यक्षले वीरगन्जमा गोप्य रुपमा गाँउ परिषद गरेकाले त्यो मान्य नहुने
वीरगन्ज,२९ भदौं : पर्साको धोबिनी गाँउपालिकाका जनप्रतिनिधीहरुले पालिका अध्यक्ष र उपाध्यक्षले वीरगन्जमा गोप्य रुपमा गाँउ परिषद गरेकाले त्यो मान्य नहुने बताएका छन् ।
शुक्रबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरेर गाँउपालिकाका कार्यपालिका सदस्यहरुले अध्यक्ष मदन चौहान र उपाध्यक्ष मञ्जुदेवी कुर्मीले आफुहरुलाई थाहै नदिइ वीरगन्जको एक होटलमा गत बुधबार गोप्य रुपमा गाँउ परिषद गरेको आरोप लगाएका हुन् ।
पत्रकार सम्मेलनमा उपस्थित ६ जना कार्यपालिका सदस्य र एक जना वडा सदस्यले गत असार महिना यता गाँउपालिकामा एक पटकपनि बोर्ड बैठक नबसेको तथा कुनैपनि माइन्युटमा आफुहरुले हस्ताक्षरपनि नगरेको बताए ।
उनिहरुले तर बिहीबार एक रेडियो अन्तरवार्तामा पालिका अध्यक्ष चौहानलेअसारमै गाँउ परिषद सम्पन्न भइसकेको भनेर झुठो अभिव्यक्ति दिएको उनिहरुले बताए । तसर्थ पालिका अध्यक्ष चौहान र उपाध्यक्ष कुर्मीले वीरगन्जमा गोप्य रुपमा गरेको गाँउ परिषद खारेज गरि सबै जनप्रतिनिधीको सहभागीतामा अर्को गाँउ परिषद गराउन उनिहरुले माग गरे ।
पत्रकार सम्मेलनमा गाँउपालिकाको कार्यपालिका सदस्यहरु दिनेश प्रसाद , नन्दकिशोर साह कानु , रीना देवी , सोनावती देवी , शारदादेवी पासवान ,पवन ज्योति कुमारी, वडा सदस्य मैना देवी तथा नेकपा एमालेका पारस कुर्मी ,जंग बहादुर कुर्मी र लोसपाका ललन प्रसाद कुर्मीको सहभागीता थियो ।