१०+२ संचालक हुने अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ५ भौराटार स्थित रहेको श्री नेपाल राष्ट्रिय सीताराम महतो माध्यमिक विधालयमा १०+२ संचालक हुने अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

विधालय व्यवस्थापन समितीका अध्यक्ष अशोक प्रसाद कुशवाहाको सभापतित्त्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) को मधेस प्रदेश सभा सदस्य प्रमोद जैसवाल , विशिष्ट अतिथि जिल्ला समन्वय समिति पर्साको उप सभापति पुरन पटेल , बहुदरमाई नगरपालिकाको नगर प्रमुख सिंघासन साह तेली , नगर उप प्रमुख शुष्मा कुशवाहा , शिक्षा शाखा प्रमुख प्रमोद यादव , नेकपा एमाले को केन्द्रिय सल्लाहकार शिव पटेल , अतिथि बहुदरमाई नगरपालिकाको वडा अध्यक्ष प्रमोद यादव , जितेन्द्र पटेल, सुरेन्द्र यादव, सुनिल महतो कोइरी , बिरेन्द्र यादव , पुनिलाल साह तेली , विधालयको सल्लाहकार समितिका पदाधिकारीहरु ,विधालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी , अभिभावक , विधालयका शिक्षक – शिक्षिका , कर्मचारी , विधार्थी , स्थानीय शिक्षा प्रेमी , समाज सेवी, प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रमको संचालक शिक्षक संदीप कुमार जैसवालले गर्नु भएको थियो ।

 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै १०+२ सम्मको कक्षा संचालक गर्नको लागि मधेश प्रदेश सभा सदस्य माननीय प्रमोद जैसवालले बेन्च डेक्स दिने, नगर प्रमुख सिंघासन साह तेलीले बाटो निर्माण गरादिने , विधालयको चन्दा दाता परिवार बाट निर्वाचन उप नगर प्रमुख शुष्मा कुशवाहाले विधालयको बाटोको निर्माणका लागि आफ्नो जति जग्गा पर्छ त्यो उपलब्ध गराउने र ३ लाख आर्थिक सहयोग गर्ने त्यस्तै बहुदरमाई नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद प्रसाद यादवले २ लाख ५५ हजार, वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले २ लाख ५१ हजार, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवले, २ लाख ५० हजार वडा नम्बर ७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले २ लाख ५५ हजार ,वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेलीले २ लाख ५० हजार र वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोइरीले ५ लाख र विधार्थीहरुलाई नि: शुल्क अध्यापन गराउन अपुग सम्पूर्ण रकम आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको विधालयका प्र.अ. संजय कुमार महतोले जानकारी गराउनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close