वीरगन्जका किसानले युरिया मल नियन्त्रणमा लिएर

वीरगन्ज : वीरगन्जमा किसानले ६ ट्रक युरिया मल नियन्त्रणमा लिएर वीरगन्ज महानगरपालिकामा बुझाएका छन्। कृषि सामग्री कम्पनीले अन्य जिल्लामा पठाउन भनेर गोदाममा राखेको मल किसानले महानगरलाई बुझाउका हून्।

महानगरपालिकाका मेयर राजेशमान सिंहसँगै वीरगन्ज १६ भुटनदेवीस्थित कम्पनीको गोदाममा पुगेका किसानहरूले ६ ट्रक युरिया मल नियन्त्रणमा लिएका हुन्।

अहिले धान गोड्ने बेलामा समेत वीरगन्जकै किसानले आवश्यक मल नपाएको भन्दै ६ ट्रक मल नियन्त्रणमा लिएको जिल्ला कृषि सहकारी संस्थाका अध्यक्ष शीव कुमार साहले बताए।

महानगरपालिकाबाट वीरगञ्ज इनर्वाको भुटनदेवीस्थित कृषि सामग्री कम्पनीको गोदाममा पुगेका मेयर सिंहसहितको किसानहरूले पहिले वीरगन्जका किसानलाई मल उपलब्ध गराउनुपर्ने मागसहित गोदामबाट मल लोड गरी सर्लाही, धनुषा, महोत्तरी, सिन्धुली, मकवानपुरतर्फ जान लागेका ती ट्रकलाई नियन्त्रणमा लिई महानगरपालिकाको कार्यालयमा लगेर बुझाएको साहले बताए।

मेयर सिंहले वीरगन्जका किसानलाई प्राथमिकतामा राखेर तत्काल मल वितरण नगरे आइतबार नियन्त्रणमा लिइएका मल महानगरपालिकाले नै किसानलाई उपलब्ध गराउने बताए।

उनले मल नपाएर छटपटाएका किसानलाई मल दिँदा कानुन उल्लङ्घन हुन्छ भने कानुन तोडेर पनि आफू किसानको पक्षमा लड्ने बताए। वीरगन्जमा मात्रै अहिले ८ हजार टन युरिया मलको आवश्यकता रहेको उनले बताए।

कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र चौलागाईले कृषि सामग्री कम्पनीको निर्देशनअनुसार मल वितरण भइरहेको र आफ्नो तहबाट पर्साका किसानलाई मात्रै मल वितरण गर्न नसक्ने बताएपछि मल लिन पुगेका किसान आक्रोशित भएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close