स्थानीय तहको निर्बाचनको लागि पर्सामा आज काङ्ग्रेस , एमाले र लोसपा उमेद्वारी दर्ता गराउदै
बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्बाचनको लागि पर्साका मुख्य दल उमेद्वारी दर्ता गराउदै

अगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्बाचनको लागि पर्साका मुख्य दल नेपालि काङ्ग्रेस , नेपाल कम्युनिष्ट पार्टी नेकपा र लोकतान्त्रिक समाजबादी पार्टी नेपाल लोसपाले आज सोमबार उमेद्वारी दर्ता गराउदै छन । आईतबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया शुरु भएको भए पनि उमेद्वारको टुङ्गो लगाउन नसेका यी दलहरु भने आज उमेद्वारी दर्ता गराउन लागेको बुझिएको छ ।
नपाली काङ्ग्रेसले आज दिउसो २ बजे , नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले दिउसो ३ बजे र लोकतान्त्रिक समाजबादी पार्टी लोसपा नेपालले दिउसो साढे ३ बजे उमेद्वारी दर्ता गराउनको लागी समय लिएको निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिनुभयो ।
झाका अनुसार , पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरका लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । अन्य १३ पालिकाका लागि भने सम्बन्धित पालिकाको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । झाका अनुसार , पर्सा जिल्लामा ६ वटा राष्ट्रिय दल सहित ३३ वटा दल दर्ता रहेका छन् ।
यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।