वीरगन्जबाट मधेसखबर र रातोपाना अनलाइनपत्रिका सन्चालन

वीरगन्ज,१० बैशाख :

अनलाइन पत्रिका मधेसखबर डटकम र रातोपाना डटकम सन्चालनमा आएको छ । वीरगन्जमा शनिवार समुद्घाटनसंगै दुवै अनलाइन पत्रिका सन्चानलमा आएको हो ।वीरगन्ज ८ पानीटंकी टोल स्थित कार्यालयमा मानव सेवा आश्रम वीरगन्जमा आश्रीत सविना मानव र चिन्टु मानवले संयुक्त रुपमा दुवै अनलाइन पत्रिकाको समुदरघाटन गरेका हुन् ।

त्यसअघि वीरगन्ज पब्लिक कलेजको सभाकक्षमा आयोजित समुदघाटन समारोहमा बोल्दै मधेस प्रदेश सरकारका खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले सन्चार क्षेत्रमा अहिले अनलाइन मिडियाको लोकप्रियता र प्रभावकारीता बढ्दै गएको बताए । उनले वीरगन्जबाट शनिवार देखि सन्चालन र प्रकाशनमा आएको रातोपाना र मधेसखबर डट कम अनलाइन पत्रिकाले वीरगन्जमा मात्र नभइ देश विदेशमा छुटटै पहिचान स्थापित गर्नेमा आफु विश्वस्त रहेको बताए । मन्त्री शर्माले यी दुइ अनलाइन पत्रिकामा आबद्ध पत्रकारहरु , अनुभवी पनि भएकाले यसबाट प्रकाशन र प्रसारण हुने सन्चार सामग्री सत्य तथ्य र निष्पक्ष हुने अपेक्षा आफुले गरेको बताए ।

मधेस प्रदेश सरकारले मधेसका सन्चार माध्यम र सन्चारकर्मीका लागि अपेक्षाकृत सहयोग गर्न नसकेको स्वीकार्दै मन्त्री शर्माले तर अब भने यस प्रति आफुहरु गम्भिर रहेको बताए । समुद्घाटन समारोहमा बोल्दै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले दुवै अनलाइन पत्रिकाको सफलताको शुभकामना दिए । सांसद यादवले वीरगन्जको पत्रकारीतामा स्थापित पत्रकारहरुको टिमले सन्चालन गरेको यी दुवै अनलाइन पत्रिका, पत्रकारीताको व्यवसायिक मुल्य मान्यतामा खरो रुपमा उत्रने विश्वास लिएको बताए । पत्रकार , कुनै पनि दल विशेषको आस्था र प्रभावमा पर्न नहुने भन्दै यादवले पत्रकारीता क्षेत्रमा अहिले देखिएको दलगत आग्रह र पूर्वाग्रह नहटाए सम्म पत्रकारीता स्वतन्त्र र निष्पक्ष हुन नसक्ने बताए । पर्साको पोखरीया नगरपालिकाका निवर्तमान मेयर दिप नारायण रौनीयार (मन्टु) ले मधेसखबर डटकम र रातोपाना डटकमको सफलताको शुभकामना दिदै पत्रकारीता सत्यतथ्य र निष्पक्ष हुनु पर्नेमा जोड दिए ।

पोखरीया नगरपालिकाकै उपमेयर सल्मा खातुनले यी दुवै अनलाइन पत्रिकाले समाजका विकृति र विसंगति विरुद्ध आवाज उठाउनु पर्ने बताइन् । उनले समाजमा पछि परेका र पछाडि पारिएका महिला , अल्पसंख्यक , सिमान्तकृत समुदायको अधिकार र उत्थानका लागि पत्रकारको कलम अझ धेरै चल्नु पर्नेमा जोड दिइन् । नेपाल पत्रकार पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले मधेसखबर डटकम र रातोपाना डटकम दुवै अनलाइन पत्रिका, व्यवसायिक पत्रिकारीताको मुल्यमान्यता र मर्यादामा प्रतिबद्ध रहने विश्वास गरे । यो वर्ष चुनावी वर्ष पनि भएकाले चुनावसंग सम्बन्धित समाचारमा कुनै पनि दल र उम्मेदवारको अनुचित प्रभावमा नपर्न उनले आग्रह पनि गरे । पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले पनि यी दुवै अनलाइन पत्रिका , वीरगन्जका पत्रकारीता क्षेत्रमा कोशे ढुङगा साबित हुने अपेक्षा आफुले गरेको बताए । समुद्घाटन समारोहलाइ सम्बोधन गर्दै वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुबोध गुप्ता , पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल , भोजपुरी टाइम्सका प्रकाशक श्रवण साहले दुवै अनलाइन पत्रिकाको सफलताको शुभकामना दिए । मधेसखबर डटकमका अध्यक्ष एंव प्रकाशक क्रान्ति शाहको अध्यक्षतामा भएको समुद्घाटन समारोहमा स्वागत मन्तव्य रातोपाना डटकमका अध्यक्ष श्याम सर्राफले र सन्चालन मधेस खबर डटमकमकी सम्पादक माधुरी महत्तोले गरेकी थिइन् ।

कार्यक्रममा जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमद , नेपाली काँग्रेसका पुर्व नगर सचिव मनोहर साह ,नेपाल फोटो पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ , नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी , समाजवादी प्रेस संगठ पर्साका अध्यक्ष मनोज पटेलको पनि उपस्थ्तिी थियो ।

कार्यक्रममा पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत , सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल , ट्राफिक प्रहरी निरिक्षक ध्रुब दाहाल, मानव सेवा आश्रम वीरगन्जकी संयोजक सानु मानवसेवा , नेपाल रेडक्रस सोसाइटी पर्साका राजन श्रीवास्तव, यातायात व्यवस्था कार्यालय वीरगन्जका प्रमुख सुशिल साह , डाक्टर महेश सिंह धामी , सामाजिक अभियन्ता प्रकाश थारु , दिलिपराज कार्की लगायतको पनि उपस्थिती रहेको रातोपाना डटकमका प्रबन्ध निर्देशक अमित अग्रवालले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close