जसपाद्वारा पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा सिँहासन साह तेलीको नाम सिफारिस

वीरगन्ज ,५ बैशाख । जनता समाजवादी पार्टीले पर्साको बहुदरमाई नगरपालिकाको मेयरमा सिँहासन साह तेलीको नाम सिफारिस गरेको छ । जसपाको बहुदरमाई नगर कमिटीले तेलीको नाम सर्व संवत रुपमा सिफारिस गरेको हो । नगर कमिटीका अध्यक्ष तेलीकै अध्यक्षतामा बसेको बैठकबाट कार्यसमितिले अध्यक्ष तेलीलाई नै नगर प्रमुखमा दावेदारी दिन आग्रह गरेपछि उहाको नाम सर्व संवत रुपमा सिफारिस गर्ने निर्णय भएको बैठकमा सहभागि संघिय परिषद् सदस्य बिपिन यादवले जानकारी दिनुभयो । उहाका अनुसार कसैले पनि दावी विरोध नगरेपछि तेलीलाई मेयरको उम्मेदवारको रुपमा सिफारिस गरिएको हो । बैठकमा जसपाका केन्द्रिय सदस्य जनार्दन यादव, मधेश प्रदेश समितिका सदस्य महाराज यादव लगायतको उपस्थिती रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस