पकहामैनपुर गाउँपालिका वार्ड न. ०१ मा अँखा शिबिर सम्पन्न भएको छ ।
माट्रिका आइ फोउन्डेसनको आयोजना र नेकपा एकीकृत समाजबादी पार्टीको सहकार्यमा पकहामैनपुरको वार्ड न .१ को टोल खेसराहामा उक्त शिबिर सम्पन्न भएको हो ।
नेकपा एकीकृत समाजबादीको पकहामैनपुर गाउँपालिका अध्यक्ष मदन हजरा पासवानको अध्यक्षता सम्पन्न शिबिरमा माट्रिका आइ फाउन्डेसन बाट खटिएका डाक्टर र अन्य प्राबिधिक सहयोगीहरुले मोतिया बिन्दको चेकजाच गर्नु भएको थियो ।
शिबिरमा २१५ जनाको चेकजाँच भएको जस मध्य ७५ जनामा मोतिया बिन्दु फेला परेको र निजहरूको निशुल्क सल्यक्रिया माट्रिका आइ फोउन्डेसनमा गरिने अध्यक्ष मदन हजराले बताउनु भयो ।
शिबिरमा नेकपा एकीकृत समाजबादी पार्टीको स्थानीय कार्यकर्ताहरु बलिराम दास , बिसुनदेव राम , रामबाबु मेहता , अवधेश महतो , नजमा खतुन र प्रकश पटेल लगाएतको उपस्थिति रहेको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस