लोसपाको वीरगंज २४ रामगढवामा घरदैलो सम्पन्न
लोसपाको वीरगंज २४ रामगढवामा ‘‘घर घर जाउ साईकल छाप लार्इ बिजयी बनाउ’’ भने नारा साथ घरदैलो सम्पन्न

वीरगंज २८लोकतान्त्रिक समाजबादी पार्टी नेपाल पर्साले सोमबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर २४ रामगढवामा चुनाबी घरदैलो गरेका छन ।‘‘घर घर जाउ साईकल छाप लार्इ बिजयी बनाउ’’ भने नारा साथ वडा नम्बर २४ रामगढवाका लोसपाबाट वडा अध्यक्षको उमेदवार रहनुभएको शिवशंकर द्वेदीको नेतृत्वमा उक्त घरदैलो कार्यक्रम गरिएको हो । त्यस क्रममा ३सयको संख्यामा कार्यकर्ताको सहभागित रहेको थियो ।
घरदैलोको क्रममा स्थानीय संग यहि बैशाख ३० हुने स्थानीय चुनावमा लोसपालाई अत्याधिक मतबाट जिताउन वडा अध्यक्षका उमेद्वार द्वेदीले आग्रह गर्नुभएको थियो ।
त्यस क्रममा स्थानीयले पनि आफ्ना बिकासका कुरा लोसपाका नेता कार्यकर्ता समू राखेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस