राप्रपाको विशाल आमसभा चैत २९ गते बीरगंजमा हुने- दीपेन्द्र प्रजापति

वीरगञ्जमा राप्रपाको आमसभालाई लिङदेनले सम्बोधन गर्ने

वीरगञ्ज, २७ चैत । यही चैत २९ गते वीरगञ्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बृहत आम सभा गर्ने भएको छ ।राप्रपा पर्साले आइतवार नेपाल पत्रकार महासंघ, पर्साको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आम सभा हुने जानकारी गराएको हो ।

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचनको सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष राजेन्द्र लिंगदेन लगायत केन्द्रीय नेताहरुको उपस्थितिमा विशाल आमसभा को आयोजना हुने भएको कुरा राष्ट्रिय प्रजातन्त्र पार्टी का पर्सा जिल्ला अध्यक्ष सुमेश्वर नाथ उपाध्याय ले बताएका छन् ।

वीरगञ्जको घण्टाघरस्थित बीपी उद्यान पार्कमा स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै आमसभाको आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

अध्यक्ष लिंग्देन संगै राप्रपाका नेता पशुपतिशमशेर जबरा, भुवन पाठक, विक्रम पाण्डे लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको उपाध्यायले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close