धोबीनी गाँउपालिका उपाध्यक्षमा पत्रकार आर के पटेलको उम्मेदवारी

पर्साको धोबीनी गाँउपालिकाको उपाध्यक्षमा पत्रकार आर के (राजाबाबु ) पटेलले उम्मेदवारी दिएका छन् ।
पर्सालाइ कार्य क्षेत्र बनाएर विगत २३ वर्ष देखि पत्रकारीता गर्दै आएका पटेलले आफनो गृह पालिका धोबीनी गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।

धोबीनी गाँउपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइतवार दिउँसो पुगेर पटेलले मनोनयन पत्र दर्ता गराएका हुन् ।
दुइ दशक देखि पत्रकारीताको माध्यमबाट ग्रामीण भेगका जनताको आवाज उठाउदै आएको र अब जनताकै बिचमा बसेर सेवा गर्ने उदेश्यले आफुले पालिका उपाध्यक्षमा उम्मेद्वारी दिएको पटेलले बताए ।

राजनीतिक दलहरु प्रति जनताको वितृष्णा बढ्दै गएकोले कुनै दल विशेषको तर्फबाट नभइ स्वतन्त्र उम्म्मेदवारी दिएको पटेलले बताए ।
पालिका उपाध्यक्षका लागि अहिले चर्चामा रहेका सबै दलका उम्मेदवारहरु पैसाको बलमा चुनाव लड्न थालेको भन्दै पटेलले तर आफु भने जनताको चाहना र मागका आधारमा चुनावी मैदानमा उत्रिएको बताए ।

तपाइको जित्ने आधार के हो त ? भन्ने प्रश्नमा पटेलले भने ,‘ जुन काम नेताले गर्न सकेका छैनन् त्यो काम मैले दुइ दशक देखि पत्रकारीताको माध्यमले गर्दै आएको छु , जनताको हरेक सुखदुखमा मैले साथ दिदै आएको छु , त्यहि भएर जनताले मलाइ भोट दिन्छन् र जिताउछन् पनि ।

पत्रकार पटेल ,वीरगन्जबाट प्रकाशीत हुदै आएको प्रतिक दैनिक पत्रिका र रेडियो वीरगन्जमा कार्यरत छन् ।साथै उहाँ ले अध्यक्ष ,वाडा अध्यक्ष र मेयारमा पनि उम्मेदवारी दिने योग भए ता पनि धोविनी गाउँपालिकामा निती निधानको कारण र आउने दिनमा शिक्षा ,बाटो घाटो निर्माण जस्ता कार्य गाउँ बाट पत्याई असल नेतृत्व तथा स्वच्छ छबि भएका नेताको रुपमा आफ्नो व्यक्तित्व बनाउन सफल भएका पटेलले भने ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close