नेपाल बार एशोसिएसनको निर्वाचनको मतगणना आज

कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना आज हुँदै छ ।

नयाँ नेतृत्व चयनका लागि शनिबार नै निर्वाचन भए पनि मतपेटिका काठमाडौं ल्याउन ढिलाइ भएकाले आज सोमबारबाट मात्र मतगणना सुरु गर्न लागिएको हो ।

निर्वाचन समितिका अनुसार आज दिउँसो १२ बजेपछि मतगणना सुरु गर्ने तयारी छ । नेपाल बार एसोसिएसनको भवनमा सात ठाउँमा मतगणना गर्ने तयारी छ ।

‘सबै ३५ वटा मतदान केन्द्रका मतपेटिका संकलन भइसकेको छ, त्यसैले आज १२ बजेबाट मतगणना सुरु हुन्छ,’ अध्यक्षका उम्मेदवार रमण श्रेष्ठले भने, ‘६/७ ठाउँमा मतगणना हुन्छ ।’

अध्यक्ष पदमा सत्ता साझेदार दल कांग्रेस–एमालेको गठबन्धनबाट डा. विजय मिश्र र महासचिवमा केदार प्रसाद कोइराला उम्मेदवार छन् ।

यसैगरी सत्ता इतर प्यानलबाट माओवादी केन्द्र निकट रमण श्रेष्ठ र महासचिवमा यज्ञमणि न्यौपाने उम्मेदवार छन् ।

शनिबारको निर्वाचनमा देशभरका ९ हजार ९९७ मतदाताहरुमध्ये ७ हजार ९९५ मत खसेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close