सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना गम्भीर घाइते

वैशाख १ – सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चेलेको छ । सोमबार साँझ अज्ञात समूहले गोली चलाउँदा एक जना घाइते भएका छन् ।
उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको थियो ।
गोली प्रहारबाट शिव कुमार महतो घाइते भएका छन् । उनलाई कम्मरदेखि मुनि गोली लागेको छ। घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको दाहालले बताए ।
शिव कुमारको भने नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस