कर्णाली र सुदूरपश्चिमको मौसम आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

माघ ६– आज देशभरको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने आंशिक बदली हुनेछ ।
तराईमा हिजो, अस्तिै जस्तै हुस्सु र कुहिरो लागेको छ । तराईका धेरै ठाउँमा दिउँसोपछि हुस्सु र कुहिरो कम हुँदै जाने महाशाखाले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस