भैरहवा मेडिकल कलेजमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

भैरहवा : भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज तथा शिक्षण अस्पताल परिसरमा फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ।

भैरहवास्थित नेपाली सेनाको श्री काली भक्ति गणको टोलीले अस्पतालको पार्किङ क्षेत्रमा घडी, तार र ब्याट्री जडान गरी ह्याण्डलाई डोरीले बाँधेर राखिएको प्रेसर कुकरलाई पड्काएर डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीले जानकारी दिए।

फेला परेका प्रेसर कुकर जीर्ण अवस्थामा थियो। जसलाई पड्काएर डिस्पोज गरिएको हो। ‘उक्त वस्तु कसले र किन राख्यो अझै खुलेको छैन’, डीएसपी कार्कीले भने, ‘अस्पताल प्रशासनसँग चन्दा माग गरेको लगायतको विषयमा हामीलाई उजुरी प्राप्त भएको छैन तर घटनाका सम्बन्धमा हामी अनुसन्धान गर्दैछौँ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close