पोखरीयाको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३४ जनाले गरे रगत दान
वीरगन्ज,१३जेठ । पर्साको पोखरीयाबजारमा आज शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पोखरीया उपशाखाले पोखरीया बजारमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३ जना महिला सहित ३४ जनाले रगत दान गरेका छन् । रगतदान गर्नेहरुमा पोखरीया नगरपालिकाकी पुर्व उपमेयर सल्मा खातुन , जनार्धन गिरी ,शीवरन्जन पटेल , दिपिका सिंह , ऋषिमुनि कुमारी चौहान , अफरोज आलम , अमित चौहान ,सन्जय साह लगायतका रहेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधीक धिरेन्द्र झाले जानकारी दिए ।नेपाल रेडक्रस सोसाइटी पोखरीया उपशाखाका सभापति भगवान दास कुर्मीको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा पोखरीया नगरपालिकाका नवनिर्वाचित मेयर प्रधुमन चौहान , पुर्व मेयर दिपनारायण रौनीयार ,निजामुदिन शमानी रेडक्रस सोसाइटी मधेस प्रदेशका अध्यक्ष फुल महम्मद मिया , पर्सा शाखाका सभापति वीरेन्द्रराज कँडेल लगायतको पनि उपस्थिती रहेको थियो ।