त्रिदेशीय महिला टी–२० शृंखला : आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

माघ २३-त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै छन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ ।

नेपालले अहिलेसम्म खेलेका चारवटै खेल हारेको छ । हिजो भएको खेलमा नेपाल थाइल्यान्डसँग ५ रनले पराजित भएको थियो ।

नेपाल यसअघि नेदरल्यान्ड्ससँग २ पटक र थाइल्यान्डसँग १ पटक पराजित भएको थियो । थाइल्यान्ड ४ वटै खेल जित्दै ८ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।

 

नेदरल्यान्ड्स ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ । नेपाल अंकविहीन हुँदै पुछारमा छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close