इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई १–० ले हराएको छ ।

यस्तै एस्टन भिला र वेस्ट हामले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई र लेस्टर सिटीले टोटनहम हट्सपरलाई समान २–१ गोलले हराएका छन् ।

ईपीएलमा ५३ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ । यस्तै आर्सनल ४७ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ४४ अङ्कसहित तेस्रो स्थानमा छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close