प्रिमियर लिगमा हालान्डको ह्याट्रिकमा सिटीले वेस्टह्यामलाई हरायो : आर्सनल र ब्राइटनको बराबरी
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा सिटीले वेस्टह्यामलाई ३–१ गोलले हरायो । यो खेलमा सिटीका एर्लिङ्ग हालान्डले ह्याट्रिक गरे । उनले खेलको १०, ३० र ८३ औँ मिनेटमा गोल गरे । वेस्टह्यामले खेलको १९ औँ मिनेटमा उपहार गोल पाएको थियो ।
जितसँगै शीर्षस्थानमा रहेको सिटीको ३ खेलमा ९ अङक भएको छ । हिजो भएको अर्को खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनल र ब्राइटनले एक/एक गोलको बराबरी खेले ।
बराबरीसँगै तीन खेलमा सात अङ्क रहेको ब्राइटन दोस्रो र समान सात अङ्क नै रहेको आर्सनल तेस्रो स्थानमा छ । अरु खेलमा ब्रेन्टफोर्डले साउथह्याम्पटन ३–१ गोलले, बर्नमाउथले एभर्टनलाई ३–२ गोलले र एस्टनभिल्लाले लेस्टरसिटीलाई २–१ गोलले हराएको छ भने नटिङघम फरेस्ट र उल्भ्स तथा इपस्वीच टाउन र फुुलहमले एक÷एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
प्रिमियर लिगमा आज चेल्सी र क्रिस्टल प्यालेस, न्यूक्यासल र टोटनहम तथा म्यानचेस्टर यूनाइटेड र लिभरपुलबीच खेल हुनेछ ।