राष्ट्रीय सम्मेलनमा ग्रीनल्याण्ड बिजयी ।

जनकपुर १५ माघ ।

नेपाली युवा उद्यमी मञ्च, जनकपुर शाखाको आयोजनामा भएको पहिलो ‘राष्ट्रिय विद्यार्थी नवीनता सम्मेलन’ मा चितवनको भरतपुर–१२ मा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको छ ।

जनकपुरको मोनाष्टिक स्कुलमा माघ ११ देखि १३ गतेसम्म आयोजना गरिएको गरिएको ग्रीनल्याण्डले ‘टेक विज’ विधामा पुरस्कार प्राप्त गर्न सफल भएको हो ।

जनकपुरमा आयोजित सो सम्मेलनमा विभिन्न जिल्लाका १२ विद्यालयका करिब दुई सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।विगतदेखि नै शिक्षामा रुपान्तरण प्रदान गर्दै आएको ग्रीनल्याण्ड लाई यसैवर्ष ‘एक्जिटो ईन्टरनेशनल’ सिङ्गापुरले समेत ‘इन्नोभेसन स्कुल अवार्ड- २०२३’ प्रदान गरेको थियो ।

विभिन्न कम्पनीका दक्ष युवा सञ्चालकहरु प्रशिक्षक रहेको सम्मेलनमा प्रशिक्षण पश्चात विद्यार्थीहरुले विभिन्न पेन्टिङ, चुरा, तिलका लड्डुसहित खानाका परिकारहरु बनाएका थिए र विद्यार्थीले तयार पारेका विभिन्न बस्तु तथा खाद्य परिकारलाई उनीहरुले त्यहीँ आयोजना गरिएको मेलामा बिक्री समेत गरेका थिए ।

विद्यार्थीले निर्माण गरेको बस्तुको प्रदर्शनी र बिक्री सहितका विभिन्न क्रियाकलापका आधारमा ग्रीनल्याण्ड पब्लिक स्कुल विजयी भएको हो । नेपाली युवा उद्यमी मञ्च जनकपुर च्याप्टरको द्वारा आयोजित समापन समारोहमा पूर्वमन्त्री जुली महतो प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा फोरम च्याप्टर अध्यक्ष तथा मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह लगायतको उपस्थिति रहेको थियो ।

समापन समारोहमा उपस्थित नेपाली युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष कुशल सुन्दर श्रेष्ठ सहित आयोजकले समापन समारोहका प्रमुख अतिथि सहितका अतिथिहरुलाई सम्मान समेत गरेको थियो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close