१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिपमा नेपाल ३–० ले अघि

चैत ८, २०७९

१७ वर्षमुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा नेपालले भुटानसँगकाे खेलमा ३–० गाेलकाे अग्रता लिएकाे छ ।

बङ्गलादेशकाे ढाकामा रहेकाे बीएसएसएस माेस्तफा कमल मैदानमा पहिलाे हाफकाे खेल सकिँदा नेपालले ३–० गाेलकाे अग्रता लिएकाे हाे ।

प्रतियाेगिताकाे पहिलाे खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएकाे थियाे । यो प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, भुटान र रुस सहभागी छन् ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close